Aafno Khabar

कर्नाटककाे एक अस्पतालमा अक्सिजन नहुँदा २४ जना बिरामीकाे मृत्यु

  • आफ्नो खबर
  • May 3, 2021 प्रकाशित

काठमाडाैं । भारतको कर्नाटकास्थित एक सरकारी अस्पतालमा अक्सिजन नपुग्दा २४ जना बिरामीको मृत्यु भएको छ ।

कर्नाटकाको चामराजनगर जिल्ला अस्पतालमा अक्सिजन नपुगेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले खबर प्रकाशित गरेका छन् ।

आइतबारबाट सोमबार बिहानसम्ममा २४ जनाले ज्यान गुमाएका हुन् । तीमध्ये १२ जना कोरोना संक्रमित थिए भने १२ जना अक्सिजनकाे सहायतामा उपचार गराइरहेका बिरामी थिए ।

यस घटनापछि कर्नाटकाका मुख्यमन्त्री बिएस येदयुरप्पाले मंगलबारका लागि क्याबिनेट बोलाएकाे समाचारमा जनाइएकाे छ ।