काठमाडौं । कहिले बोलिमा चिप्लिएर त कहिले आफ्ना गतिविधिले ट्रोलको शिकार बन्ने गरेकी प्रियंका कार्की यतिबेला पुन: ट्राेलकाे शिकार बनेकी छन् ।
पछिल्लो समय उनले पेट देखाएर खिचेका तस्वीरहरु समाजिक संजालमा सार्वजनिक गर्ने गरेकी छिन् । केही दिन अघिमात्रै उनले सामाजिक सञ्जालमार्फत एउटा अनौठो तस्वीर सार्वजनिक गरेकी छिन् । तर, उनले सार्वजनिक गरेको यो तस्वीर भने सामाजिक सञ्जालमा ट्रोल बन्न थालेको छ ।
तस्वीरमा उनको पेटमा श्रद्धा मास्केले एउटा शिशूको अनुहारको चित्र बनाएकी छिन् । जहाँ शिशूले र आमाले एक साथ जुस पिउँदै गरेको देखिन्छ । तर, यसलाई दर्शकले भने त्यती रुचाएका छैनन् ।