Aafno Khabar

झलनाथ खनालकाे उपचारमा ध्यान दिन माधव नेपालको आग्रह

  • आफ्नो खबर
  • May 2, 2021 प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

नेपालले खनालको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ‘हाम्रो पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु ।’

कोरोना संक्रमण भएपछि पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।