Aafno Khabar

श्रमजीवीको बलिदानीबाट प्राप्त उपलब्धिमाथि निरन्तर प्रहार : प्रचण्ड

  • आफ्नो खबर
  • May 1, 2021 प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्डले श्रमजीवी बर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उलपलब्धिमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवी जनताका अधिकार खोस्न उद्वत रहेको आरोप लगाए।

सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डले अपिल गरेका छन् ।

श्रमिक दिवसको अवसरमा यस महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा उनले अपिल गरेका छन्।