Aafno Khabar

पूर्ण समझदारीमा गरिएको ‘सेक्स’को अनुभव सुखद् हुने

  • आफ्नो खबर
  • April 29, 2021 प्रकाशित

सेक्स भन्ने वित्तिकै मानिसको दिमागमा नकारात्मक कुरा शुरु हुने गर्दछ । यसलाई धेरै ठूलो विषय बनाएर मान्छेहरुले आफ्नो धारणा व्यक्त गर्ने गर्दछन् । यसमा मानिसहरुको आआफ्नै तर्क र प्रस्तुती रहँदै आएको छ ।

यदि तपाईको मनमा सेक्स एउटा नकारत्मक विषयको कुरा हो भन्ने ठान्नुहुन्छ भने त्यो सोचलाई आजैदेखि त्यागिदिनुहोस् । तपाईंंले मनमा सेक्स गर्दा दुख्छ कि भनेर पाल्नुभएको डरलाई आजैबाट बाहिर निकाल्नुस् । सेक्स पार्टनरबीचमा पूर्ण समझदारीमा गरिएको सेक्सको अनुभव सबैको सुखद हुन्छ ।

सकारात्मक सोचसाथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ । तपाईंंले आफ्नो यौनांगको साइजलाई लिएर बनाउनुभएको धारणा पनि भ्रमबाहेक अरू केही होइन । तपाईंंले बाहिरबाट हेरेर आफ्नो योनीको साइज सानो छ कि ठूलो वा साँघुरो छ भन्ने थाहा पाउनुहुँदैन योनी तन्किने तन्तुले बनेको अंग भएका कारण यसमा लिंग प्रवेश गराउँदा टमक्क नै हुने गर्छ ।

त्यसैले योनीको साइज ठूलो या सानोको भ्रमबाट आजैदेखि मुक्त हुँदा नै राम्रो हुन्छ । योनीको तन्तुको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुनेखालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । किशोरकिशोरी र युवकयुवतीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र शंकापूर्ण दुवै हुन्छ ।

यसबारे वयस्क स्त्री–पुरुषका साथीसंगीसँग पहिल्यैदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ । जस्तो, तपाईंंको पनि साथीहरूसँग भइरहेको छ । साथीहरूले भनेकै आधारमा धारणा बनाएर सुरु नै नभएको यौन जीवनलाई जोखिममा धकेल्ने काम गर्नु हुँदैन ।

सम्बन्धित शीर्षकहरु