Aafno Khabar

आइपिएलमा कोलकाताकाे दोस्रो जित, पञ्जाब ५ विकेटले पराजित

  • आफ्नो खबर
  • २०७८ बैशाख १४ गते ०८:५६ प्रकाशित

काठमाडाैं । इण्डियन प्रिमियिर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

अहमदाबादमा सोमबार राति पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गरी कोलकाताले जारी सिजनमा दोस्रो जित निकालेको हो ।

पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे । कोलकाताकाे जितमा कप्तान इयान मोर्गनले अविजित रहेर ४७ रन जोडे । राहुल त्रिपाठीले ४१ रन तथा आन्द्रे रसेलले १० रन बनाए ।

पञ्जाबका मयांक अग्रवालले ३१ तथा क्रिस जोर्डनले ३० रन बनाए । लोकेश राहुल र निकोलस पुरणले समान १९/१९ तथा साहरुख खानले १३ रन बनाए ।

आइपिएल अन्तर्गत मंगलबार बैंगलोर र दिल्लीबीच खेल हुने छ । याे खेल नेपाली समय अनुसार राति पाैने आठ बजे सुर हुने छ ।