Aafno Khabar

अभिनेता किशाेर खतिवडाद्वारा आत्महत्या प्रयास, यस्ताे थियाे कारण

  • आफ्नो खबर
  • २०७८ बैशाख ७ गते २१:१४ प्रकाशित

काठमाडाैं । नेपाली चलचित्रका नायक किशोर खतिवडाले आत्महत्या प्रयास गरेका छन् । उनले आइतबार आत्महत्या प्रयास गरेका हुन् । उनका केही साथीहरुले ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुर्‍याएपछि उनले आत्महत्या प्रयास गरेकाे खुल्न आएकाे हाे ।

अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा विष शरीरभित्र पुगेको नभेटिएकाे अस्पताल स्राेतले जानकारी दियाे । स्राेतका अनुसार उनले आत्महत्या गर्न विष सेवन गर्न खाेज्दा साथीहरुले राेकेका रहेछन‍् ।

खतिवडामा मदिराको असर र डिप्रेसनको लक्षण देखिएको थियो । अस्पतालले भर्ना भएर उपचार गर्न सिफारिस गरे पनि उनले भर्ना भएर उपचार गर्न नमानेपछि घर फर्किएकाे स्राेतकाे भनाइ छ ।

लामो समयदेखि सम्बन्धमा रहेकी एक युवतीसँग उनकाे विवाद चलिरहेकाे थियाे । पछिल्लाे समय युट्यूबमा उनीहरुकाे विवाद सतहमा आएकाे थियाे ।

लक्ष्मी गदाल नामकी युवतीले आफूमाथि किशोरले लामो समयदेखि यौन शोषण गरेको र यातना समेत दिएको आरोप लगाएकी छन् । उनीहरुकाे विवाहकाे पनि चर्चा चलेकाे थियाे । यही कारण उनले आत्महत्या प्रयास गरेकाे अनुमान गरिएकाे छ ।