Aafno Khabar

…जसले कटरिनासँग किस गर्न २ घण्टा अभ्यास गरे

  • आफ्नो खबर
  • April 16, 2021 प्रकाशित

कटरिना कैफ बलिउडमा स्थापित नाम हो । उनले पहिलाे चलचित्रमा नै किस सिन दिएकी थिइन् ।

कटरिनाले पहिलो चलचित्रमै बोल्ड सिन दिएकी थिइन् । चलचित्रमा कटरिनाले गुलशन ग्रोभरसँग किसिङ्ग सिन दिनुपर्ने थियो । उक्त सिन बारे गुलशन ग्रोभर आफैंले पनि कयौं पटक बताइसकेका छन् ।

गुलशनका अनुसार कटरिनासँग उक्त सिन दिन उनलाई धेरै नै असहज भएको थियो । बलिउडका महानायक अमिताभ बच्चनका अगाडि त्यस्तो सिन दिनुपर्ने भएका कारण पनि उनले अलि बढी असहज भएको महसुस गरेका थिए ।

उक्त सिन दिन कटरिनालाई पनि सहज थिएन । पहिलो चलचित्रमै उनले त्यस्तो सिन दिन परेको थियो । उक्त सिनका लागि गुलशनले एक कोठामा आफूलाई बन्द गरेर दुई घण्टा सम्म अभ्यास गरेका थिए ।

कटरिनाले बलिउडमा चलचित्र ‘बूम’बाट डेब्यु गरेकी हुन्। सन् २००३ मा आएको उक्त चलचत्रमा कटरिनाले अमिताभ बच्चन, गुलशन ग्रोभर, जीनत अमान, ज्याकी श्रफ जस्ता कलाकारसँग काम गर्ने मौका पाएकी थिइन् ।