काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाई फार्ममा खुकुरी प्रहारी गरी एक युवकको हत्या भएको छ ।
सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।
भक्तपुर प्रहरीका अनुसार हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन् ।
के कारण राईकाे हत्या भयाे भन्नेबारे खुलेकाे छैन । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।