Aafno Khabar

साैन्दर्याकाे हट फाेटाेमा आयाे यस्ताे कमेन्ट

  • आफ्नो खबर
  • March 31, 2021 प्रकाशित

काठमाडाैं । अभिनेत्री सौन्दर्या शर्माको अक्सर बोल्ड लुक्सका कारण चर्चा हुने गर्छ । यतिबेला उनकाे एउटा तस्बिरले निकै चर्चा बटुलीरहेकाे छ । इन्स्टामा सार्वजनिक भएकाे तस्बिरमा सिम्पल साडीमा उनले ब्याकलेस ब्लाउज समेत लगाएकी छन् । तस्बिर बनारसको घाटमा रंगको साथ रहेको छ ।

उनले आफ्नो लुक्सलाई पुरै ट्रेडिसनल बनाउन कपालका गजरा समेत लगाएकी छन् । उनले आफ्नो लुक्स मिनिमल मेकअप, काजल र बिन्दीले कम्प्लिट गरेकी छन् । उनले हातमा रंगको थाली लिएर मुस्कुराएकी छन् ।

केही समाजिक प्रयोगकर्ताले उनको लुक्स मनपराएका छन् । कोहीले भने उनको ट्रोल गरेका छन् । एक युजर्सले उनको तस्विरको कमेन्टमा लेखेका छन् ‘यस्तो शुभ स्थानमा कम से कम पुरै कपडा लगाउनुपर्छ ।’ अर्काे एक युजर्सले लेखेका छन् ‘कमसेकम पावन स्थानमा सहि कपडा लगाउँनु पर्छ ।’