Aafno Khabar
sanima bank

कार्यान्वयनमा नआउँदै सुदूरपश्चिमको लोक सेवा आयोग ऐन दोस्रो पटक संशोधन

  • आफ्नो खबर
  • २०७७ चैत्र १३ गते ०७:४३ प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग ऐनलाई दोस्रो पटक संशोधन गरेको छ। आयोगका अध्यक्ष तथा सदस्यहरूको सपथग्रहणबारे पहिलो पटक संशोधन गर्दा उल्लेख नभएपछि दोस्रो पटक संशोधन गरिएको हो।

प्रदेश सभाको हिजो बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले विधेयक संशोधनका लागि प्रस्ताव गरेको विधेयक पारित भएको हो। मन्त्री शाहले संशोधनका लागि विधेयक पेस गर्दै ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६’ मा आयोगका अध्यक्ष र सदस्यहरूलाई सपथ गराउने व्यवस्था छुट भएकाले संशोधनका लागि विधेयक पेस गरेको बताएका थिए। मन्त्री शाहले विधेयक पारितका लागि पेस गरेपछि सत्तापक्ष र प्रतिपक्षको समर्थनसहित सभामुखले विधेयक पारित भएको घोषणा गरेका थिए।

विधेयक पारित हुनुअघि दफावार छलफलमा भाग लिएका सत्तापक्षका प्रदेश सभा सदस्य महेशदत्त जोशीले प्रदेश सरकार र प्रदेश सभा सदस्यहरूले आवश्यकता महसुस गरी छोटो बाटोबाट विधेयक सदनमा पेस भएको बताएका थिए।