Aafno Khabar

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

  • आफ्नो खबर
  • March 17, 2021 प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो ।

बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ ।

परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ ।

नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ ।