Aafno Khabar

कांग्रेस नेता नविन्द्रराज जोशीकाे अवस्था गम्भीर

  • आफ्नो खबर
  • March 17, 2021 प्रकाशित

काठमाडौं । मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएकाे छ ।

अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको बताइएको छ ।

फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केही दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।

(असावधानिका कारण यसअघि प्रकाशित नविन्द्रराज जोशीको समाचार गलत भएकाले हटाएका छौं । यसबाट परिवारजन, पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं । सम्पादक)