Aafno Khabar

ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने देउवाको संकेत

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २२ गते प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताउनुभएको छ ।

आज देउवा निवासमा बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको (वेटिङ प्राइममिनिष्टर) भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफ्नो दलले अविश्वासको प्रस्ताव ल्याउने संकेत समेत गर्नुभयो ।