Aafno Khabar

ज्योति लाइफको आइपो कसरी भर्ने ? कतिले पाउँछन सेयर ?

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २२ गते प्रकाशित

काठमाडौं । फागुन २६ गतेसम्म भर्न सकिने गरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ खुलेको छ । ज्योतिको आइपिओ भर्ने मध्य ५ लाख ९४ हजारले १० कित्ताका दरले सेयर पाउनेछन् ।

ज्योतिले ६६ करोड बराबरको एक सयका दरले ६६ लाख कित्ता सेयर जारी गरेको हो । जसमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणहरुले ५९ लाख ४० हजार कित्ता सेयर पाउनेछन् ।

आवेदन दिंदा न्यूनतम १० कित्ता र र बढीमा ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । फर्म भर्न चाहनले मेरो सेयर प्रणाली र आफ्नो खाता भएको बैंकबाट सेयरमा आवेदन दिन सक्नेछन् ।