Aafno Khabar

दाहाल-नेपाललाई ओलीको काउण्टर, कार्की ब्यांक्वेटमा कार्यक्रता भेला

  • आफ्नो खबर
  • २०७७ पुष १५ गते प्रकाशित

काठमाडौं। दाहाल–नेपाल समुहको (नेकपा) ले सरकारविरुद्ध गरेको प्रदर्शनको भोलिपल्ट केपी शर्मा ओली नेतृत्व (नेकपा) ले कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

ओली नेतृत्व (नेकपा) ले आज सुदूरपश्चिम प्रदेश स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण काठमाडौंमा गर्न लागेको हो ।

आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं आउनुहुने बताइएको छ ।

यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो । सो बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।