Aafno Khabar

ओली श्री ३ जंगेको बाटोमा गए : प्रचण्ड

  • आफ्नो खबर
  • २०७७ पुष १३ गते प्रकाशित

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराज जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँल भन्नुभयो ‘‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेसँगै ओलीले कलंकको टीका लगाएको उहाँको भनाई छ ।