काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथ वहालवाला मन्त्रीहरुको मन्त्रालयमा पनि हेरफेर गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले शुक्रबार आठ जना मन्त्री र एकजना राजमन्त्री नयाँ नियुक्त गर्नुभएकाे हाे । ६ जना मन्त्रीको मन्त्रालय पनि हेरफेर भएकाे छ ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए ।
थपिएका मन्त्री:
टोपबहादुर रायमाझी (ऊर्जा, जलस्रोत तथा सिंचाइ)
प्रभु साह (शहरी विकास)
गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)
मणि थापा (खानेपानी तथा सरसफाई)
दाबा लामा (युवा तथा खेलकूद)
प्रेम आले (वन तथा वातावरण)
जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)
विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)
मन्त्रालय हेरफेर भएका:
हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)
कृष्णगोपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रबिधि)
भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)
पदमा अर्याल (कृषि तथा पशुपंक्षी)
शिवमाया तुम्बाहाङफे (भूमि सुधार)
लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)