Aafno Khabar

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने

  • आफ्नो खबर
  • २०७७ पुष ९ गते १५:५७ प्रकाशित

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको छ । नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचिवालय गठन हुने बताइएको छ । प्रदेशमा काम संचालन गर्न स्थायी कमिटी र प्रदेश कमिटीका पदाधिकारीले काम थाल्ने र प्रदेशका पदाधिकारीले एक हप्ता भित्र प्रदेश कमिटी बैठक राख्नु पर्ने निर्देशन समेत बैठकले दिएको छ ।