काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनकाे विराेधमा १३ गते आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयाे ।
केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलबारदेखि सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नुभएपछि उक्त कदमकाे विराेध भइरहेकाे छ ।