Aafno Khabar

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

  • आफ्नो खबर
  • December 23, 2020 प्रकाशित

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भएकोमा बुधबार ९४ हजार रूपैयाँ कायम भएको हो । तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएकोमा बुधबार प्रतितोला ९३ हजार ५०० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि बुधबार प्रतितोला ५० रूपैयाँ घटेको छ । प्रतितोला एक हजार ३१५ मा मंगलबार कारोबार भएको चाँदी बुधबार एक हजार २६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।