Aafno Khabar

सबैभन्दा छोटो दिन आज

  • एजेन्सी
  • December 21, 2020 प्रकाशित

गुगलले हरेक विशेष दिनमा डुडल बनाउने गरेकाे छ । यही सिलसिलामा गुगलले साेमबार विन्टर सोल्सटाइस २०२० लाई आफ्नो डुडल बनाएको छ ।

वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो मानिन्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ । साथै यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।

सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ किनभने सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिनेछ । यो एक खगोलीय घटना हो ।

नेपाल उत्तरी र पूर्वी दुवै गोलार्धमा पर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडो याम हुने बताइन्छ ।