Aafno Khabar

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए

  • एजेन्सी
  • December 12, 2020 प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा सङ्क्रमित भएकाको संख्या शनिबार सबैभन्दा धेरै पुगेको छ ।सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिरहेको छ ।

शनिबार ९५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए ।

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन् ।

महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उनले जानकारी दिएका छन् ।