डिज्नीले आफ्नो स्ट्रिमिङ सर्भिसमा स्टार वार्स र मार्भल फ्रेन्चाइजको सेवा बिस्तार गर्ने योजना सार्वजनिक गरेको छ । डिज्नीको आउँदो फिल्म ‘पिटर प्यान’ र ‘वेन्डी र टम हंक्स पिनोचियो’लाई सिनेमा घरमा नभइ सिधै डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने बीबीसीले उल्लेख गरेको छ ।
पछिल्लो साता मात्र वार्नर ब्रदर्सले कम्पनीको सन् २०२१ का सबै फिल्म डिजिटल प्ल्याटफर्म एचबीओ म्याक्समार्फत् सार्वजनिक गर्ने घोषणा गरेको थियो ।
कोरोना भाइरसका कारण निम्तिएको संकटले सिनेमा उद्योगमा पनि असर पारेको छ । जसका कारण निर्माण कम्पनीहरूको प्रतिस्पर्धा अनलाइन स्ट्रिमिङ साइटहरूमार्फत् भइरहेको छ ।