काठमाडाैं । केही दिन यता लगातार उकालो लगेको सुनको भाउ बुधबार भने सात सय रुपैयाँले घटेको छ ।
मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ बुधबार ९३ हजार ४ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।