Aafno Khabar

बेहुली हुँदा यस्ती देखिइन् श्वेता (तस्विरहरु)

  • आफ्नो खबर
  • २०७७ मंसिर २२ गते १८:४२ प्रकाशित

काठमाडौं । नायिका श्वेता खड्का बिवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिवाह गरेकी हुन् ।

श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो बिवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले पहिलो बिवाह भएको झण्डै ६ वर्षपछि दोस्रो बिवाह गरेकी हुन् ।

तस्विर : श्वेता खड्काको फेसबुकबाट