Aafno Khabar

कोरोना परीक्षण घट्यो, ६२२० जनाको परीक्षण हुँदा १०१४ जनामा संक्रमण

  • आफ्नो खबर
  • December 7, 2020 प्रकाशित

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।