Aafno Khabar

शनिबार यी स्थानमा वर्षाको सम्भावना

  • आफ्नो खबर
  • December 5, 2020 प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यून चापीय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो ।

महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जानकारी दिएको छ ।

यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । भने, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, शनिबार राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका कही स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।