Aafno Khabar

अबदेखि अन्तर बैंक एटीमएम शुल्क लाग्ने

  • आफ्नो खबर
  • December 4, 2020 प्रकाशित

काठमाडौं । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गरी अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गरी बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।