Aafno Khabar

सुनको मूल्य आज पनि बढ्यो

  • आफ्नो खबर
  • December 4, 2020 प्रकाशित

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो भने बिहीबार बढेर तोलामा ९२ हजार ९०० रुपैयाँ पुगेको छ ।

यसअघि बिहीबार बुधबारको तुलनामा सुन तोलामा १६०० रुपैयाँले बढेको थियो । शुक्रबार तेजावी सुन तोलामा ९२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भइरहेको छ ।