काठमाडौं । कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ ।
अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई ३ दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।
हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के–के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।