Aafno Khabar

ड्रग्सको सूचीबाट हट्यो गाँजा, नेपालले पनि गर्‍यो समर्थन

  • आफ्नो खबर
  • December 3, 2020 प्रकाशित

काठमाडाैं । संयुक्त राष्ट्रसंघले गाँजा ड्रग्सको सूचीबाट हटाउने भएको छ । गाँजा खतरनाक ड्रग्सको सूचीबाट राष्ट्रसंघले हटाउने भएको हो ।

नेपालले पनि त्यस प्रस्तावको पक्षमा मतदान गरेको छ । भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले नेपालले पक्षमा मतदान गरेको ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

राष्ट्रसंघको लागुऔषधसम्बन्धी वार्षिक बैठकमा भएको मतदानमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा २७ र विपक्षमा २५ मत परेको थियो ।