Aafno Khabar

दुई समूहले लिए हिमाल आरोहण अनुमति

  • आफ्नो खबर
  • December 3, 2020 प्रकाशित

काठमाडाैं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी–२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ । लुजा पिकका लागि तीन जना नेपालीले अनुमति दिएका हुन् ।

काङगेरी–२ आरोहणका लागि भने एक जना विदेशी आरोहीले अनुमति लिएको बताइएको छ । सरकारले सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरे पनि क्वारेन्टिनका प्रावधानमा प्रष्ट नभएकाले सोचेजति पर्यटक भने भित्रन सकेका छैनन् ।