काठमाडाैं । बिहीबार देशभरको माैसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, राति लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।