काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, सुनसरीमा २४, धनुषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २, सिरहामा , काठमाडौंमा ५३१, काभ्रेमा १९, चितवनमा ४, दोलखामा ५ र धादिङमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रसुवामा ७, रामेछापका १३, ललितपुरमा १३४, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा १, कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासीपूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, बागलुङमा ३, स्याङ्जामा ७, अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नवलपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रुपन्देहीमा २८, रोल्पामा १, रुकुमपश्चिममा ४, अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ तथा बाजुरामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल देशभर ३६५ जना संक्रमितको आईसीयू र ६४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ । गत २४ घन्टामा ८ हजार ३ सय पीसीआर परीक्षण भएको छ ।