काठमाडौं । सुनको भाउ बुधबार फेरि बढेको छ ।
तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ मंगलबार पनि पाँच सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।