काठमाडौं । देशभरको मौसम सोमबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा अहिले कुनै पनि मौसमी प्रणालीको प्रभाव छैन । यसकारण देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् ।
सोमबार दिउँसो मौसम सामान्यतया सफा रहने छ । यस्तै, राति पनि देशभरकै मौसम सफा रहने छ ।