Aafno Khabar

रहेनन् म्याराडोना

  • एजेन्सी
  • २०७७ मंसिर १० गते प्रकाशित

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अघिल्लो महिना उनको ६० औं जन्मदिन मनाइएको थियो ।