Aafno Khabar

फेरि घट्यो सुनको मूल्य, तोलाको कति ?

  • आफ्नो खबर
  • November 25, 2020 प्रकाशित

काठमाडाैं । बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ ।

मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो ।

यस्तै तेजावी सुन बुधबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।