Aafno Khabar

माउन्टेन इनर्जीको १९ लाख कित्ता आइपिओ आजदेखि निष्काशन

  • आफ्नो खबर
  • November 11, 2020 प्रकाशित

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आजदेखि सर्वसाधारणका लागि १९ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले प्रति इकाइ १०० रुपैयाँका दरमा जारी पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो।

सर्वसाधारण समूहतर्फको शेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल  फण्डका लागि बिक्री गरेर बाँकी रहेको १८ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो।

कम्पनीले छिटोमा मंसिर २ गतेसम्म बिक्री गर्नेछ। पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर १० गतेसम्म बिक्री गर्न सक्ने छ। सर्वसाधारण शेयरधनीले आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर भर्न पाउनेछन्।

कम्पनीले दुई वटा आयोजना निर्माण गरेको छ। मिष्ट्री खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत जम्मा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने तादी खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४९ लाख रुपैयाँ रहेको छ। कम्पनीले आगामी दुई आर्थिक वर्षपछि प्रतिशेयर आम्दानी ३६ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।