Aafno Khabar

भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने

  • आफ्नो खबर
  • २०७७ कार्तिक २० गते प्रकाशित

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे हिजो नेपाल आउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई आज सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

नरवणेले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुनेछ । भारतीय सेनाप्रमुख नरवणेले हिजो पशुपति दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो ।