Aafno Khabar

नेकपाका सांसदहरुले पनि दशैं भत्ता नलिने

  • आफ्नो खबर
  • २०७७ कार्तिक ३ गते प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले दशैं भत्ता नलिने भएका छन् ।

नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।

नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।