Aafno Khabar

कोदालोले हानेर साथीको हत्या गर्ने दुईजना ११ वर्षपछि पक्राउ

  • आफ्नो खबर
  • October 17, 2020 प्रकाशित

सांकेतिक तस्बिर

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका– १३ को ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरेको अभियोग लागेका अभियुक्त ११ वर्षपछि पक्राउ परेका छनन् ।

सोही ईँटा भट्टामा काम गर्ने मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो उनीहरुलाई थप कारवाहीका लागि वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको प्रहरीले जनाएको छ ।

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए ।

उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए ।

भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए । पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ । निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।