फाइल फोटो ।
काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझ एक महिना नखोल्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पनि पारित गरेको छ ।