काठमाडाैं । देशका अधिकांश पहाडी क्षेत्रमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।
मंगलबार राति पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।