Aafno Khabar
suvakamana add

कोलकातामाथि बैंग्लोरको फराकिलो जित

  • आफ्नो खबर
  • २०७७ आश्विन २७ गते प्रकाशित

इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ ।

बैंग्लोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो ।

शारजहामा भएको खेलमा शुभम गिलले ३४ तथा आन्द्र रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक कोलकाताका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले २ विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि एबी डी भिल्लियर्सले ३३ बलमा नटआउट ७३ रनको योगदान दिए । कप्तान विराट कोहलीले २८ बलमा नटआउट ३३, देवदत्त पादिक्कालले २३ बलमा ३२ र आरोन फिन्चले ३७ बलमा ४७ रन बनाए ।

जितपछि सात खेलबाट १० अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा छ ।