काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डरको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गम जिल्लाबाहेक देशभरी एकै मूल्य तोकेको हो ।
संघले आगामी असोज २८ गतेदेखि लागू हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर २ हजार एक सय रुपैयाँ तोकेको छ ।
यता खाली सिलिण्डरको मूल्य निर्धारण गरेको संघले मूल्य निर्धारणसहित खरिद बिक्रीमा अनिवार्य धरौटी रसिद हुनुपर्ने बताएको छ । बिक्रेताहरु मर्फत ग्यास लिदा उपभोक्ताहरुले अनिवार्य धरौटी रसिद लिनु पर्ने र देखाउनु पर्ने जनाएको छ ।
अन्यथा रसिद नभएको सिलिण्डरको जवाफदेही तथा जिम्मेवारी उद्योगले नलिने समेत संघले प्रष्ट पारेको छ ।