Aafno Khabar
suvakamana add

मुम्बईसँग दिल्ली ५ विकेटले पराजित

  • एजेन्सी
  • २०७७ आश्विन २६ गते प्रकाशित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेकाे छ । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । दुवै खेलाडीले समान ५३ रन बनाएर आउट भए । यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डेय १२ रनमा अविजित रहँदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितपछि मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।