Aafno Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन अथवा पुर्‍याउन अब एक जनाले मात्र प्रवेश पाउने

  • आफ्नो खबर
  • October 11, 2020 प्रकाशित

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले आइतबार सूचना प्रकाशित गरेर यसबारे जानकारी गराएकाे हाे । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका बीच विमानस्थलमा हुने भिडभाड कम गर्न कार्यालयले यस्तो नियम ल्याएको हो ।

विमानस्थलले सकेसम्म आफन्त नलिएर आउन आग्रह गरेको छ । आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा लिन वा पुर्‍याउन आउनु नै परे एक जनामात्र प्रवेश दिइने विमानस्थल कार्यालयले जनाएकाे छ ।

a

सम्बन्धित शीर्षकहरु