Aafno Khabar

कस्ताे रहला आइतबार देशभरकाे माैसम ?

  • आफ्नो खबर
  • October 11, 2020 प्रकाशित

काठमाडौं । आइतबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाकाे सूचनामा उल्लेख छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु